
एजेन्सी।घरेलु टोली भारत बिरुद्वको तेस्रो ओडिआईमा अष्ट्रेलिया २१ रनले विजयी भएको छ।जितसँगै अष्ट्रेलियाले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ।
चेन्नइमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ४९ ओभरमा २ सय ६९ रनमा अल आउट भयो ।अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए।एलेक्स केरीले ३८,ट्रभिस हेडले ३३,मार्नश लाबुसेनले २८, शेन एबोटले २६ र डेभिड वार्नरले २३ रन जोडे।
बलिङतर्फ भारतका हार्दिक पान्ड्याले ८ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादवले १० ओभरमा १ मेडन्सहित ५६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले २/२ विकेट लिए ।
२ सय ७० रनको लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा २ सय ४९ रनमा अल आउट भयो।भारतका विराट कोहलीले ७२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए।हार्दिक पान्ड्याले ४०,शुबमन गिलले ३७,के एल राहुलले ३२ र कप्तान रोहित शर्माले ३० रन जोडे।
बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पाले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।एस्टन एगरले २ विकेट लिए।
प्रतिक्रिया