कोरोना भाइरस संक्रमणको दरले सीमा नाग्दै छ । यसको रोकथाम र नियन्त्रणमा आफै लाग्नु पर्ने आबश्यकता देखियो । महिनौंको ‘लकडाउन’ र निषेधाज्ञाले पनि कोरोना भाईरस नियन्त्रणमा आउन सकेन । मुलुकको अवस्था झन्–झन् डरलाग्दो बन्दै छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गइरहेको छ । संक्रमणको गति यसरी बढनु भनेको डर लाग्दो संकेत हो । सरकारले प्रभावकारी कदम चाल्नु पर्ने आबश्यकता देखियो । यदि सरकारले प्रभावकारी कदम चाल्न सकेन भने परिस्थिति भयावह हुने संकेत स्पस्ट देखिएको छ । त्यसैले, सरकारले रोकथाम र नियन्त्रणका लागी उपाय अपनाउनुपर्छ । नागरिकले पनि पर्याप्त सतकर्ता अपनाउनु पर्ने जरुरी छ । सक्रिय संक्रमित संख्या २५ हजार नाघि सक्यो । लामो समयसम्म काठमाडौं उपत्यका सुरक्षितजस्तै थियो । अहिले संक्रमणको दर बढेको देखदा स्थिती डर लाग्दो छ ।
संक्रमितको संख्या वृद्धि भएसँगै जटिल बिरामी पनि उत्तिकै बढिरहेका छन् । यही कारण उपत्यकामा कोरोना भाइरस संक्रमित बिरामीहरूका लागि सघन उपचार बेड भरिभराउ भइसकेका छन्, भेन्टिलेटर खाली छैनन् । जटिल बिरामीलाई पनि सामान्य बेडमै उपचार गर्नुपर्ने बाध्यता उत्पन्न भइसकेको छ । यही बेला हाम्रा ठूला चाडबाडहरू– दसैं, तिहार, नेपाल संवत्, छठ आदि नजिकै आउदै छन् । बिगत बर्षजस्तै भीडभाडपूर्ण ढंगले चाडबाडहरू मनाउने सोचाई कसैले नगरौं । त्यसो गरियो भने सरासर जोखिम निम्तिने छ । सवैले होस् गरौं । संक्रमितको संख्या अनियन्त्रित ढंगले बढ्न नदिन सबैको पहल हुनु जरुरी छ । त्यसका लागि सरकारले परीक्षणको मात्रा व्यापक बढाउनुपर्छ ।
हरेक नागरिकहरूले व्यक्तिगत दूरी कायम राख्नु पर्छ । सावर्जनिक सवारी ,स्थल, सडक पसलहरूमा व्यक्ति–व्यक्तिले आवश्यक दूरी कायम गर्नु पर्छ । सबैले मास्क अनिवार्य लगाउनु पर्छ । स्वास्थ्य सावधानीका यी उपायहरूलाई नागरिकले आफ्नै जिम्मेवारी सम्झेर पालना गर्नुपर्छ । यी नियम पालना गरियो भने संक्रमणबाट बच्न सकिने छ ।
प्रतिक्रिया