
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-६ घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय संजय खनाल रहेको प्रहरी परिसर काठमाडौंले जनाएकव छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया