Pura Samachar

काठमाडौँमा हुने प्रिमियर कपको खेल तालिका सार्वजनिक

प्रकाशित: March 23, 2023
पूरा समाचार

काठमाडौँमा हुने प्रिमियर कपको खेल तालिका सार्वजनिक

काठमाडौं :

काठमाडौँमा हुने प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले आज खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिका अनुसार नेपाल, ओमान, कतार, मलेशिया, र साउदी अरेबिया समुह ए मा परेका छन् । त्यस्तै समुह बि मा युएई, हंगकंग, कुवेत, सिंगापुर र बहराइन परेका छन् ।

सबै टिमले आफ्नो समुहमा रहेका सबै टिमसँग १-१ खेल खेल्ने छन् । अर्थात् समुह चरणमा सबै टिमले ४ खेल खेल्ने छन् । ४ खेल पछि दुवै समुहको शिर्ष २ स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । समुह ए को बिजेताले समुह बि को उपबिजेता सँग सेमिफाइनल खेल्ने छ भने समुह बि को बिजेताले समुह ए को उपविजेतासँग सेमिफाइनल खेल्ने छ । सेमिफाइनलका बिजेताले उपाधिको लागि फाइनल खेल खेल्ने छन् । फाइनल खेल जित्ने टिमले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सहभागिता जनाउने छ ।

एसिया कपको लागि भारत, पाकिस्तान,अफगानिस्तान, बंगलादेश र श्रीलंका छनौट भईसकेका छन् । काठमाडौँमा हुने प्रिमियर कपको बिजेताले पनि एसिया कपमा सहभागिता जनाउने छ।

प्रिमियर कपका खेलहरु टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुने छ ।

यस्तो छ खेल तालिका :

प्रतिक्रिया