Pura Samachar

भाटभटेनीले पर्साको वीरगञ्जमा आफ्नो २४औँ विस्तार ,२ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार

प्रकाशित: March 23, 2023
पूरा समाचार

भाटभटेनीले पर्साको वीरगञ्जमा आफ्नो २४औँ विस्तार ,२ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार

काठमाडौं- भाटभटेनीले पर्साको वीरगञ्जमा आफ्नो २४औँ विस्तार गरेको छ।

२ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको भाटभटेनी सुपरस्टोर सञ्चालनमा सञ्चालनमा आएको हो। मधेस प्रदेशमा पहिलो पटक सञ्चालनमा आएको भाटभटेनी अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

२२ कठ्ठामा फैलिएको भाटभटेनी बेसमेन्टसहित ७ तलाको छ। भाटभटेनीमा ५ सयभन्दा बढीले रोजगारी पाउने छन्।

भाटभटेनीमा खाद्यान्नदेखि लत्ताकपडा लगायत सबै प्रकारका समान पाइन्छ।

प्रतिक्रिया