Pura Samachar

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी

प्रकाशित: March 24, 2023
पूरा समाचार

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी

१० चैत, काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् ।

राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।३८ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १२० गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले गत डिसेम्बरमा कतार विश्वकपमा गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

समूह ‘जे’कै अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले आइसल्याण्डलाई ३–० ले पराजित गर्दा स्लोभाकिया र लक्जेमवर्गले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया