Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: March 24, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं- शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको स्थिर छ। बिहीबार प्रतितोला १२ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय रूपैयाँ कायम थियो।

बिहीबार प्रतितोला एक हजार ३६० रूपैयाँ तोकिएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया