Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: March 26, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सस्तिएको छ भने चाँदी महँगिएको छ।  आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुन एक लाख ८ हजार ७ सय रूपैयाँ कायम छ।

चाँदीको मूल्य गएको शुक्रबारको तुलनामा १० रूपैयाँले बढेर आइतबार प्रतितोला एक हजार ३ सय ७० रूपैयाँ कायम छ।

प्रतिक्रिया