Pura Samachar

नामिबियामा आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट सुरु हुँदै

प्रकाशित: March 26, 2023
पूरा समाचार

नामिबियामा आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट सुरु हुँदै

नामिबियामा आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । विन्डोकमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरूको सहभागिता रहेको छ ।

लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी अन्तिममा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने यो अन्तिम अवसर रहेको छ। विश्वकप छनोटको प्लेअफमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउनेछ जहाँ यी टोलीले सुपर लिगको पुछरका ५ टोली र लिग-२ को शीर्ष ३ टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया