
काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ५४ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
प्रतिक्रिया