Pura Samachar

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित: March 27, 2023
पूरा समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुलमुनि खसेर घाइते भएको अवस्थामा यादवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल लगिएको थियो।

गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताए। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया