Pura Samachar

आज नभए भोलिसम्म नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने

प्रकाशित: March 27, 2023
पूरा समाचार

आज नभए भोलिसम्म नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने

काठमाडौं । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने भएका छन्। आज एक चरण सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरेर आज नभए भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णा दिने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डलाई मन्त्री बन्ने नाम दलहरूले उपलब्ध गराएका छन्। काङ्ग्रेसबाट सरकारको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने एका छन्। कुनै कारण फेरबदल नभएमा उनी उपप्रधानमन्त्री र रक्षामन्त्री बन्ने सम्भावना देखिएको छ । यस्तै काङ्ग्रेस प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित जस्तै छ।

काङ्ग्रेसले परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालय लिने भएको छ। काङ्ग्रेसबाट प्रचण्ड क्याबिनेटमा तीनजना नयाँ अनुहारका नेताहरूको प्रवेश गराउने तयारी छ। उपसभापतिद्वय पूर्णबहादुर खड्का, प्रकाशशरण महतर, धनराज गुरुङ र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेस स्रोतको दाबी छ ।

नेकपा एकीकृत समाजवादी बाट उपाध्यक्ष डा बेदुराम भुसालले नेतृत्व गर्ने भएका छन् । नेकपा एसले एक राज्यसहित ३ मन्त्रालय पाउने छ। भौतिक पूर्वाधार समाजवादीले पाउन सक्छ । तर प्रधानमन्त्रीले भौतिक आफै राख्न खोजेका छन् । माओवादीको सञ्चारमा रेखा शर्मा कायमै रहने छिन । माओवादीमा मन्त्रालय फेरिए पनि मन्त्री भने अहिलेकै कायम रहनेछन् । मा‌ओवादीले भौतिक तथा पूर्वाधार छोडेमा नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने छन् ।

नागरिक उन्मुक्ति पार्टी पनि प्रचण्ड सरकारमा सहभागी हुनसक्ने सम्भावना छ। अध्यक्ष रञ्जिता श्रेष्ठले सकारात्मक छौँ भन्ने जवाफ दिएकी छन्। यद्यपि नागरिक उन्मुक्ति सरकारमा सहभागी हुने निश्चित छैन।

जनमत पार्टीले मन्त्रालय हेरफेर गर्न चाहेको छ। उनीहरुको जोड कृषि र उद्योग मन्त्रालयमा छ ।

जसपाले सरकारमा सहभागी हुनेको नाम सोमबार प्रधानमन्त्रीलाई दिने तयारीमा छ। त्यसैगरी एमाले छोडेर स्वतन्त्र चुनाव जितेका प्रभु साह मन्त्री बन्नेछन्। उनलाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् ।

यसबाहेक रास्वपालाई समेत सरकारला प्रचण्डको प्रयास छ। तर रास्वपाले पहिले आफूहरुले पाएका मन्त्रालय नै पाउनु पर्ने दाबी गरेकाले कठिन देखिएको छ ।

प्रतिक्रिया