Pura Samachar

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्दाको आज सोमवारका लागि पेशीकाे आजै फैसाला आउन सक्ने

प्रकाशित: March 27, 2023
पूरा समाचार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्दाको आज सोमवारका लागि पेशीकाे आजै फैसाला आउन सक्ने

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ति करणी सम्वन्धि मुद्दाको आज सोमवारका लागि पेशी तोकिएको छ ।

अदालतको नियमित कार्य सूची अनुसार उनी विरुद्धको मुद्या सम्बन्धमा आज पेशी तोकिएको हो । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ति करणी मुद्दा विचाराधीन छ ।

अदालतले दुवै पक्षको वयान र आवश्यक प्रमाण बुझिसकेको हुँदा मुद्दामा आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ ।

१७ वर्षीया बालिकालाई बलात्कार अभियोगमा लामिछाने गत २० असोजमा पक्राउ परेका थिए । पुपक्र्षका लागि कारागार चलान भएका उनीलाई उच्च अदालत पटकले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सन्दीपविरुद्ध पीडितले गत २१ भदौमा प्रहरी वृत गौशलामा जाहेरी दिइएकी थिइन् । जाहेरीमा उल्लेख भए अनुसार बालिका गत ५ भदौमा गौशलास्थित होटलमा बलात्कृत भएकी थिइन् ।

प्रतिक्रिया