Pura Samachar

नेप्से सामान्य अंकले बढयाे

प्रकाशित: March 29, 2023
पूरा समाचार

नेप्से सामान्य अंकले बढयाे

काठमाडौं । साताको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक १.०२ अंकले बढेर १९१९.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ३९ हजारको कित्ता सेयर ८१ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ५६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५२ लाख, हिमालयन डेष्टिलरीको २ करोड ५१ लाख र एसियन हाइड्रोपावरको २ करोड ३७ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया