
काठमाडौँ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन आज शुक्रबारबाट सुरु हुँदैछ ।
साबिक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नेछ ।
यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ ।
चेन्नई सुपर किंग्स चार पटकको आईपीएल च्याम्पियन हो। यता, गुजरात टाइटन्सले गत वर्ष पनि आईपीएलको उपाधि जितेको थियो । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो ।
यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको छ । गत सिजन गुजरातले दुवै खेलमा चेन्नईलाई हराएको थियो । पहिलो खेल ३ विकेटले जितेको गुजरातले दोस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको थियो ।
दुई टोलीबीचको खेल शुक्रबार नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्डेडियममा खेलाइनेछ । ५९ दिन चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेलहरू हुनेछन् ।
हर टोलीले १४ खेल खेल्नेछन्, ७ आफ्नो घरेलु मैदानमा र ७ वटा विपक्षी टिमको मैदानमा छ । १० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् । लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् ।
सीएसकेको सम्भावित ओपनिङ ब्याट्सम्यान:
डेभोन कोनवे र ऋतुराज गायकवाडले भोलि आइपिएलमा गुजरात टाइटन्सविरुद्धको खेलमा चेन्नई सुपर किंग्सका लागि ओपनिङ गर्नेछन् । डेभोन कोनवे र ऋतुराज गायकवाडको जोडी निकै खतरनाक छ र यी दुबै ब्याट्सम्यान पावर प्लेमा चर्को रन लुट्न माहिर छन् । डेभन कोनवे र ऋतुराज गायकवाड खेललाई क्षणभरमा मोड्न माहिर छन्।
मध्यक्रम:
मोइन अली चेन्नई सुपर किंग्सको प्लेइङ इलेवनमा तेस्रो नम्बरमा आउनेछन्। अम्बाती रायडु चेन्नई सुपर किंग्सको प्लेइङ इलेवनमा चौथो नम्बरमा ब्याटिङ गर्न आउनेछन्। चेन्नई सुपर किंग्सको टोली व्यवस्थापनले इङ्ल्यान्डका घातक अलराउन्डर बेन स्टोक्सलाई प्लेइङ इलेवनमा पाँचौं नम्बरमा ब्याटिङ गर्ने छ।
नम्बर ७ र विकेटकिपर:
भारतका डरलाग्दो अलराउन्डर शिवम दुबे चेन्नई सुपर किंग्सको प्लेइङ इलेवनमा छैठौं नम्बरमा आउनेछन्। कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी ७ नम्बरमा अवतरण हुनेछन्, जो बल र ब्याटले खेलको माहोल मोड्न माहिर छन् ।
स्पिन बलिङ विभाग:
चेन्नई सुपर किंग्सको प्लेइङ ११ मा स्पिन विभागको नेतृत्व रविन्द्र जडेजाले गर्नेछन् ।
फास्ट बलिङ विभाग:
चेन्नई सुपर किंग्सको प्लेइङ इलेभेनमा फास्ट बलरमा ड्वेन प्रिटोरियस, सिसान्डा मगला र दीपक चाहरलाई मौका दिन सकिन्छ ।
प्रतिक्रिया