Pura Samachar

आज दिल्ली क्यापिटल्सले साँझ ७ : ४५ मा लखनऊ सुपर जायन्ट्ससँग खेल्दै

प्रकाशित: April 1, 2023
पूरा समाचार

आज दिल्ली क्यापिटल्सले साँझ ७ : ४५ मा लखनऊ सुपर जायन्ट्ससँग खेल्दै

एजेन्सी – उपाधि दाबेदार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को तेस्रो खेलमा आज लखनऊ सुपर जायन्ट्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा लखनऊमामा हुनेछ ।

दुबै टोली विजयी सुरुवात गर्न चाहन्छन् । दिल्ली यस आइपिएलको उपाधि दाबेदार टोली हो । दिल्लीको कप्तानी डेविड वार्नर र लखनऊको लोकेश राहुलले गर्नेछन् । दिल्लीमा डेविड वार्नर पृथ्वी शाले ओपनिङ गर्नेछन् । दुबै खेलाडी विष्फोटक ब्याटिङको क्षमता राख्छन् ।

तेस्रो नम्बरमा मिचेल मार्श खेल्नेछन् । मार्श उत्कृष्ट लयमा छन् । दुई साता अघि भारतसँगको तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज चुनिएका थिए । चौथो नम्बरमा सम्वभ त यश धुलले ब्याटिङ गर्नेछन् । युवा ब्याटर धुल राम्रो लयमा छन् ।
त्यसपछि शरफराज खान, रोभम्यान पावेल र अक्षर पटेल हुनेछन् ।

वेस्टइन्डिजका कप्तान पावेल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । दिल्लीको तीव्र गतिका प्रमुख बलर एनरिच नोर्कियाले पहिलो खेल गुमाउनेछन् । दक्षिण अफ्रिकाले शनिबार नेदरल्यान्ड्सँग अन्तिम खेलपछि मात्रै आइपिएलको लागि खेलाडी फुकुवा गर्नेछ । लुंगी एनगिडी पनि छैनन् ।

दिल्लीको तीव्र गतिको बलरको रुपमा मुश्ताफिजुर रहमान, मुकेश कुमार र चेतन सकारियाले खेल्ने सम्भावना छ । स्पिनरमा कुलदीप यादव र अक्षर पटेल छन् ।

यता लखनऊका क्विन्टन डिकक पनि टोलीमा हुने छैनन् । लोकेश राहुल र काइल मेयर्सले ओपनिङ गर्नेछन् । निकोलस पुरन मध्यक्रमका प्रमुख ब्याटर हुन् । लखनऊमा अलराउन्डरको बाहुल्यता छ । मार्कस स्टोइनिस, दीपक हुडा, क्रुनाल पान्ड्या, ड्यानिल साम्स र रोमारियो शेफर्ड छन् । बलरमा आवेश खान र मार्क वुड छन् ।

हेड टु हेड :

गतवर्ष दुबै खेलमा लखनऊले दिल्लीलाई हराएको थियो ।

लखनऊको टोली :

लोकेश राहुल, निकोलस पुरन, मार्कस स्टोइनिस, आवेश खान, क्रुनाल पान्ड्या, मार्क वुड, क्विन्टन डि कक, दीपक हुडा, रवि विश्रोई, कृष्णाप्पा गोथम, ड्यानिल साम्स, अमित मिश्रा, काइल मेयर्स, जयदेव उनादकट, रोमारियो शेफर्ड, नविन उल हक, यश ठाकुर, मोहसिन खान, आयुष बदोनी, युधविर चक्र, कर्ण शर्मा, मयंक यादव,स्वपनील सिंह, मनान बोहरा र प्रेरक मांकड ।

दिल्लीको टोली :

डेविड वार्नर, पृथ्वी शा, राइली रोसोउ, शरफराज खान, मनिष पाण्डे, यश धुल, ऋषभ पन्त(यस सिजन दुर्घटनाको कारण खेल्न नसक्ने), ईशान पोरेल, फिलिप साल्ट, अक्षर पटेल, मिचेल मार्श, रोभमान पावेल, ललित यादव, रिपल पटेल, अमान खान, प्रविन दुबे, विक्की ओस्टल, एनरिच नोर्किया, कुलदीप यादव, खलिल अहमद, ईशान्त शर्मा, चेतन सकारिया, मुश्ताफिजुर रहमान, लुन्गी एनगिडी, मुकेश कुमार र कमलेश नगरकोटी ।

प्रतिक्रिया