Pura Samachar

राजस्थान रोयल्सकाे सुखद सुरुआत

प्रकाशित: April 3, 2023
पूरा समाचार

राजस्थान रोयल्सकाे सुखद सुरुआत

काठमाडौं । साबिक उपविजेता राजस्थान रोयल्सले  ईन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद सुरुआत गरेको छ ।

पहिलो खेलमा नै हैदराबादमाथी ७२ रनको शानदार जित निकालेको हो । राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हैदराबादमा राजस्थानमा पहिले ब्याटिङ गरी दिएको २ सय ३ रन बनाएको घरेलु टोलीले हैदराबादलाई  २० ओभरमा १ सय ३१ रनमा  रोक्यो ।

हैदराबादका लागि अब्दुल समादले सर्वाधिक नटआउट ३२ रन बनाए । मंयक अग्रवालले २७ रन बनाउँदा उमरान मल्लिकले नटआउटत १९ रन जोडे। आदिल रशिदले १८ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा ट्रेन्ट बोल्डले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

राजस्थानका लागि सन्जु सामसन,यसस्वी जैसवाल र जस बटलरले अर्धशतकीय ईनिङ खेले । कप्तान सामसनले ३२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए । जैसवालले ३७ बलमा ५४ रन बनाउँदा बटलरले २२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । शिमरन हिटमायरले १६ बलमा नटआउट २२ रन बनाए । पहिलो जितसँगै राजस्थान २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हार सँगै हैदराबाद अंकबिहिन रहँदै आठौं स्थानमा  छ ।

प्रतिक्रिया