Pura Samachar

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित: April 3, 2023
पूरा समाचार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ६ सय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँचसय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन एक लाख ८ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एकसय रूपैयाँ कायम थियो।

चाँदी सोमबार प्रतितोला एक हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ।

 

प्रतिक्रिया