
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेलहरु भइरहेका छन् ।
लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुने छ ।
अहिलेसम्म जावलाखेल ५ खेलमा १० अंक सहित चौथो स्थानमा छ भने सातदोबाटो ५ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । एनआरटी अहिलेसम्म ५ खेलमा २ अंकसहित १३औं स्थानमा रहेको छ भने चर्च ब्वाइजको ५ खेलमा ११ अंक रहेको र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया