Pura Samachar

दिल्ली क्यापिटल्सकाे लगातार दोस्रो हार

प्रकाशित: April 5, 2023
पूरा समाचार

दिल्ली क्यापिटल्सकाे लगातार दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सलाई हराउदै गुजरात टाईटन्सले लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा गुजरातले दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा दिल्लीलाई ६ विकेटले हराएको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले ।

डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाउँदा विजय शंकर २९ रनमा आउट भए ।

ओपनरद्वय ऋद्धिमान शाह र शुभमन गिलले समान १४/१४ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो ।

दिल्लीका लागि कप्तान डेविड वार्नरले ३२ बलमा ३७ रन बनाउँदा अक्षर पटेलले २२ बलमा ३६ रन बनाए । सरफराज खानले ३० तथा अबिशेक पोरेलले २० रन बनाए ।

गुजरातका लागि मोहम्मद सामी र राशिद खानले समान ३/३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।

लगातार दोस्रो जित हात पारेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको दिल्ली अंकबिहिन रुपमा आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया