Pura Samachar

सुनको मूल्य नयाँ रेकर्ड कायम ,प्रतितोला १ लाख ११ हजार

प्रकाशित: April 5, 2023
पूरा समाचार

सुनको मूल्य नयाँ रेकर्ड कायम ,प्रतितोला १ लाख ११ हजार

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया