Pura Samachar

आजको खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: April 5, 2023
पूरा समाचार

आजको खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा आज बुधबार एक खेल हुदैछ ।

आजको खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा ब्रासपारा क्रिकेट स्टेडियम गुवाहाटीमा सुरु हुनेछ।

१६ वर्षको ईतिहासमा पहिलो पटक यस स्टेडियममा आईपीएलको खेल हुदैछ । यस स्टेडियममा २०१७ मा नै पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट आयोजना भएको थियो ।

यस सिजनको दोस्रो खेल खेल्न लागेका छन् । दुवै टोलीका दोस्रो जितको खोजीमा रहेका छन् ।

घरेलु मैदानमा सानदार सुरुआत गरेको पन्जाबले पहिलो खेलमा कोलकत्तालाई हराएको थियो ।

पन्जाबले कोलकत्तालाई डीएल मेथडमा ७ रनले हराएको थियो ।

पहिलो खेलमा राजस्थानले सनराईजर्स हैदराबादलाई उसकै घरेलु मैदानमा ७२ रनको सानदार जित निकालेको थियो । पहिलो खेलमा जित हासिल गरेका दुवै टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा जित हात पारेको राजस्थान २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।

उता, पहिलो खेल जितबाट सुरुआत गरेको पन्जाब २ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

पहिलो खेलमा झै लियम लिविङ्स्टोन पन्जाबको टोलीमा नरहँदा कागिसो रबाडा भने टिममा फर्किएका छन् ।

राजस्थानका लागि वेस्ट इन्डिजका तीव्र गतिका बलर ओबेड म्याकोई पुर्ण फिट भईसकेका छैनन् ।

हेड टु हेड :

पन्जाब र राजस्थानबीच हालसम्म २४ खेल भएको छ । जसमा राजस्थानले १४ तथा पन्जाबले १० खेलमा जित हात पारेको छ ।

पछिल्लो पाँच खेलमा राजस्थान चार र पन्जाब एक खेलमा मात्र विजयी भएको छ ।

प्रतिक्रिया