Pura Samachar
Pura Samachar
  •   गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

रत्नपार्कदेखि नयाँबानेश्वरसम्म मिटरब्याज पीडितको प्रदर्शन

प्रकाशित: April 5, 2023
पूरा समाचार

रत्नपार्कदेखि नयाँबानेश्वरसम्म मिटरब्याज पीडितको प्रदर्शन

काठमाडौँ । सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै काठमाडौं आएका मिटरब्याज पीडितहरु आज रत्नपार्कको शान्तिबाटिकाबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । नवलपरासी सुस्ता लगायतका विभिन्न जिल्लाका आएका मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।

यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले सरकारले आफुहरुको समस्याको समाधान नगरेको भन्दै पुनः संघीय सरकारलाई दबाब दिन काठमाडौ आएका हुन्।मिटरब्याज समस्या समाधानका लागि भन्दै सरकारले १८ चैतमा पीडितसँग सम्झौता गरेको थियो । पाँच बुँदे सम्झौतामा सरकारले मिटरब्याज समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्नेसमेत उल्लेख गरेको छ ।

सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूको आरोप छ। मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिको अगुवाइमा आएका पीडितहरूले भूमिहीन बनाइएका किसानहरूको जमिन फिर्ता गरी कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने बताउदै आएका छन् ।

कैलाली, बाँके, दाङ, रूपन्देही, नवलपरासी, झापा, सुनुसरी, तनहुँ, कास्की, उदयपुर र मधेसका ८ जिल्लाका करिब ४५० जना पीडित न्यायको लागि संघीय राजधानी आएको किसान-मजदुर संघर्ष समितिका प्रबक्ता निर्ग नविनले जानकारी दिए।

यस अगाडि पनि १ असोजमा पीडित र सरकारबिच पाँच बुँदे सहमति भएको थियो ।

‘बारम्बार सहमती हुन्छ तर, कार्यान्वयन हुँदैन,’ निर्ग नविनले भने, ‘अब हामी निर्णायक आन्दोलनमा छौं ।’ सरकारले बनाउने भनेको आयोगमा पीडितको पनि सहभागिता हुनुपर्ने र आयोग कर्मचारी नेतृत्वको नभई राजनीतिक नेतृत्वको हुनुपर्ने पीडितको माग छ ।

प्रतिक्रिया

थप समाचार

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश ५ वर्ष पहिले

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

सालदाङमा चामल अभाव

सालदाङमा चामल अभाव ६ वर्ष पहिले

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिए ,२ जनाको मृत्यु

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो ४ वर्ष पहिले

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय अव्यवहारिक -ट्राफिक प्रहरी

भर्खरै

  • नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदै
  • बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा
  • राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
  • विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण
  • आजको राशिफल
  • नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

सम्बन्धित खवर

बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा

बाढी-पहिरो र डुबानले तहसनहस बनाएको बीपी राजमार्गमा आजदेखि सवारीसाधन सञ्चालनमा

राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपाध्यायलाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

Pura Samachar

Sambhu Marg-09 , Tilganga ,Kathmandu, Nepal
सूचना विभाग दर्ता नं.: 594/074-75
Chairperson: Dhiraj Dahal
Editor: Niraj Dahal

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

उपयोगी लिंकहरु

  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • तस्बिर पुस्तिका
  • सूचना र प्रविधि

सोसल मिडिया

Facebook
Twitter
YouTube
Instagram
Copyright ©2026 Pura Samachar All rights reserved.