
काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अनन्तराज थापालाई थाह थियो कि आफ्नो टिमले विश्वकप खेल्ने तयारीमा रहेको भियतनामविरुद्ध खेल्दै छ । उनले पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणमा अनुकूल नतिजा निकाल्ने लक्ष्य राखेका थिए । यसको मतलब जितकै नतिजा । तर, दशरथ रंगशालामा बुधबारको ‘पहिलो लेग’ मा घरेलु टिममाथि ५–१ को सहज जित रच्दै भियतनाम दोस्रो चरणका लागि एक कदम अगाडि बढेको छ ।
प्रतिक्रिया