Pura Samachar

थ्री स्टारको जित, हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लब बराबरीमा,

प्रकाशित: April 6, 2023
पूरा समाचार

थ्री स्टारको जित,  हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लब बराबरीमा,

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्समा बिहीबार हिमालयन र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।

त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे ।

यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । हिमालयन नवौं स्थानमा छ ।

मछिन्द्रले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्र दशौँ स्थानमा रहेको छ।

प्रतिक्रिया