Pura Samachar

मनाङ अंक तालिकाको शीर्ष स्थानमा, जावलाखेल र खुमलटारले २-२ गोलको रोमान्चक बराबरी

प्रकाशित: April 7, 2023
पूरा समाचार

मनाङ अंक तालिकाको शीर्ष स्थानमा,  जावलाखेल र खुमलटारले २-२ गोलको रोमान्चक बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन्।

एन्फा कम्प्लेक्समा शुक्रबार जावलाखेल र खुमलटारले २-२ गोलको रोमान्चक बराबरी खेलेका छन् ।

खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ३५ औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा रहेको छ ।

खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले सहज जित निकालेको छ ।

च्यासल मैदानमा शुक्रबार मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो ।

मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे ।

खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।

 

जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ  ।

अपराजित मनाङको यो चौंथो जित हो । मनाङले ६ खेलमा १४ अंक जोडेको छ ।

फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया