Pura Samachar

विभागीय टोली नेपाल पुलिस क्लबकाे पहिलो जित,चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लब० बराबरी

प्रकाशित: April 10, 2023
पूरा समाचार

विभागीय टोली नेपाल पुलिस क्लबकाे पहिलो जित,चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लब० बराबरी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।

पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोजेजले एक गोल थपे ।

फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।

खेलको ५१ औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए ।

पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो ।

जितसँगै पुलिसले ७ खेलमा ४  अंक जोडेको  छ । पुलिस १३ औं स्थानमा उक्लिएको छ ।

फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ।

त्यस्तै सोमबार नै भएको खेलमा सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ ।

एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।

प्रतिक्रिया