Pura Samachar

आजको खेलमा बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: April 10, 2023
पूरा समाचार

आजको खेलमा  बेंग्लोर र लखनउबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज सोमबार एक खेल हुदैछ ।

आजको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा हुदैछ ।

लखनउले सिजनको चौथो खेल खेल्दैछ । बेंग्लोरले भने सिजनको तेस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा लखनउले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो ।

लखनउले दोस्रो खेलमा चेनई सुपर किंग्ससँग पराजित हुँदा तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेको थियो ।

घरेलु मैदानमा पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई पराजित गर्दा दोस्रो खेलमा भने कलकत्ता नाईट राईडर्ससँग पराजित भएको थियो ।

तीन खेलमा २ जित र १ हारका साथ लखनउ १० टोली सहभागी लिगको तेस्रो स्थानमा रहेको छ ।

उता, दुई खेलमा समान १/१ जित र हार व्यहोरेको बेंग्लोर सातौं स्थानमा रहेको छ ।

हेड टु हेड :

बेंग्लोर र लखनउबीच हालसम्म २ खेल भएको छ । जसमा बेंग्लोर अपराजित रहेको छ ।

प्रतिक्रिया