Pura Samachar

आज दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: April 11, 2023
पूरा समाचार

आज दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज मंगलबार एक खेल हुदैछ ।

आजको खेलमा दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा हुदैछ ।

दिल्लीले सिजनको चौथो खेल खेल्दैछ । मुम्बईले भने सिजनको तेस्रो खेल खेल्दैछ ।

दुवै टोली आजको खेल जितेर पहिलो अंक जोड्न चाहन्छन् ।

पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।

पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

तीन खेलमा अंकबिहिन दिल्ली १० टोली सहभागी लिगको  पुछारमा रहेको छ ।

उता, दुई खेलमा शतप्रतिशत हारका साथ मुम्बई नवौं स्थानमा रहेको छ ।

हेड टु हेड :

दिल्ली र मुम्बईबीच हालसम्म ३२ खेल भएको छ । जसमा मुम्बईले १७ खेल जित्दा दिल्लीले १५ खेल जितेको छ ।

प्रतिक्रिया