घरेलु मैदान एतिहाद स्टेडियममा गएरातिको खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरे।
जितपछि सिटीले म्युनिखलाई पहिलो लिगमा ३-० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
अब क्वाटरफाइनको दोस्रो लेग बायर्न म्युनिखको घरेलु मैदानमा २० अप्रिलमा हुने छ। गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले वेन्फिकालाई २-०ले पराजित गर्यो।













प्रतिक्रिया