Pura Samachar

राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: April 12, 2023
पूरा समाचार

राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज बुधबार एक खेल हुदैछ ।

आजको खेलमा राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा हुदैछ ।

दिल्ली र राजस्थान दुवैले आ-आफ्नो चौथो खेल खेल्दैछ । चेन्नाई तथा राजस्थान दुवै टोलीले तीन खेलमा दुई खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा चेन्नाई गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

दोस्रो र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

उता,राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । दोस्रो खेलमा पन्जाब किंग्ससँग पराजित राजस्थानले तेस्रो खेलमा भने दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।

हेड टु हेड :

चेन्नाइ र राजस्थानबीच हालसम्म २६ खेल भएको छ । जसमा चेन्नाईले १५ खेल जित्दा राजस्थानले ११ खेल जितेको छ ।

प्रतिक्रिया