
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा २३ सय ७७ जनाको परीक्षण गरिएको थियो । तीमध्ये ६२० जनाको पीसीआर गर्दा ५८ जनामा तथा १७ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ८१ जना संक्रमणमुक्त भएका छन् भने थप एक जना संक्रमितको निधन भएको छ । यसअघि दुई दिनअघि पनि एक जना संक्रमितको निधन भएको थियो । मन्त्रालयले तीन महिनापछि संक्रमणबाट दुई जनाको निधन भएको पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा ४२ हजार १ सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४४५ रहेको छ ।
प्रतिक्रिया