
काठमाडौं । सातदोबाटो क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक गोल गरे ।खेलको ४० औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई जित दिलाएका हुन् । जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ८ खेलमा १६ अंक जोडेको छ । सातदोबाटोको यो पाँचौं जित हो । मनाङको यो सिजनको पहिलो हार हो । मनाङ ८ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।
प्रतिक्रिया