Pura Samachar

आज एक खेल हुदै,पन्जाब र गुजरात प्रतिस्पर्धा हुँदै

प्रकाशित: April 13, 2023
पूरा समाचार

आज एक खेल हुदै,पन्जाब  र गुजरात प्रतिस्पर्धा हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज बिहिबार एक खेल हुदैछ ।

आजको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुदैछ ।

पन्जाब र गुजरात दुवैले आ-आफ्नो चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा भने कोलकत्ता नाईटराईडर्ससँग पराजित गुजरात अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

उता,पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाईटराईडर्स र राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।

तेस्रो खेलमा भने सनराईजर्स हैदराबादसँग पराजित पन्जाब अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

पन्जाबको यस अघिका तीन खेलमा अस्वस्थताका कारण टिमसँग नरहेका अलराउन्डर लियम लिभिङ्गस्टोन मोहाली आईपुगि सकेका छन् । उनी टिममा उपलब्ध भईसकेकाले आजको खेल खेल्ने सम्भावना रहेको छ ।

कोलकत्ताविरुद्धको खेलमा टिममा नरहेका गुजरातका कप्तान हार्दिक पान्ड्याले आजको खेलमा खेल्ने सम्भावना रहेको छ ।

हेड टु हेड :

गुजरात र पन्जाबबीच हालसम्म २ खेल भएको छ । जसमा दुवै टोलीले समान १/१ खेल जितेका छन् ।

प्रतिक्रिया