
काठमाडौँ । भारतमा कोरोना संक्रमण बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १०९ जनामा संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको छ । यो पछिल्लो सात महिना एकै दिन संक्रमित भएको अहिलेसम्मकै धेरै हो ।
यसअघि गत वर्ष अगस्त २० मा ११ हजार ५३९ संक्रमित पुष्टि भएका थिए ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४९ हजार ६२२ पुगेको छ । यसअघि गत सेप्टेम्बर ५ मा ४९ हजारभन्दा बढी सक्रिय केस थिए । यसबाहेक दैनिक सकारात्मकता दर ४.४२ प्रतिशत रहेको छ भने साप्ताहिक दर ४.०२ प्रतिशत पुगेको छ । यसबाहेक, निको हुने दर ९८.७० प्रतिशत रहेको छ भने मृत्यु दर १.१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया