प्रिमियर लिगमा शनिबार चेल्सी, म्यानचेस्टर सिटी, टोटेनहम, एभर्टन लगायतको खेल हुनेछ ।
चेल्सीले आज घरेलु मैदानमा ब्राइटनको सामना गर्नेछ । चेल्सी र र ब्राइटनबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
त्यस्तै म्यानचेस्टर सिटीले लेस्टर सिटीको सामना गर्नेछ । सिटी र लेस्टरबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
टोटेनहमले बर्नेमाउथसँग खेल्दा एभर्टनले फुलहमको सामना गर्नेछ ।
त्यस्तै एस्टन भिल्ला र न्युकासल, उल्भ्स र ब्रेन्टफोर्ड तथा साउथह्याम्पटन र क्रिस्टल प्यालेसबीच समेत प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया