Pura Samachar

जावलाखेल युथ क्लब शीर्ष स्थानमा उक्लियाे

प्रकाशित: April 15, 2023
पूरा समाचार

जावलाखेल युथ क्लब शीर्ष स्थानमा उक्लियाे

काठमाडौं । जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा शनिबार मनाङ मर्स्याङ्दी क्लबलाई ३-० गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे ।

खेलको चौंथो मिनेटमा मासोबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३-० को जित दिलाए ।

यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ ।

सातदोबाटो युथ क्लबलाई एक अंकले पछि पार्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया