Pura Samachar

नेपालले अभ्यास खेलमा ओमानमाथि ५ विकेटको शानदार जित

प्रकाशित: April 16, 2023
पूरा समाचार

नेपालले अभ्यास खेलमा ओमानमाथि ५ विकेटको शानदार जित

काठमाडौं । नेपालले अभ्यास खेलमा ओमानमाथि ५ विकेटको शानदार जित हात पारेको छ ।

एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हराएको हो । ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकी  ईनिङ खेले । ओपनर साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए ।
दीपेन्द्र रिटायर्ड हट भएपछि मौका पाएका कुशल मल्लले ८ रन मात्रै जोड्न सके ।

नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भए। ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका लागि शोएब खानले १ सय १० रनको नटआउट शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न पर्याप्त भएन् । ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए । अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए ।

मोहम्मद नदिमले २४ रन बनाए ।नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २–२ विकेट लिए । एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसीसी प्रिमियर कप आउने मंगलबारदेखि सुरु हुनेछ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रतिक्रिया