Pura Samachar

खुमलटार र जावलाखेल युथ क्लबकाे जित

प्रकाशित: April 16, 2023
पूरा समाचार

खुमलटार र जावलाखेल युथ क्लबकाे जित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा एफसी खुमलटारले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

जितसँगै खुमलटार ९ खेलमा १० अंकसहित दशौं स्थानमा उक्लिएको छ । आर्मी समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा कायम छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौं चरण अन्तर्गतको खेलमा खुमलटारलाई जिताउन मेसौके ओलोमोउले दुई र कप्तान रेजिन सुब्बाले एक गोल गरे । आर्मीका नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल फर्काए ।
काठमाडौं ।

यस्तै अर्को खेलमा जावलाखेल युथ क्लब मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै  शीर्ष स्थानमा उक्लिएको छ।जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे ।

खेलको चौंथो मिनेटमा मासोबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फोफानाले गोल गर्दै जावलाखेललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयको चौंथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३-० को जित दिलाए ।यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ ।सातदोबाटो युथ क्लबलाई एक अंकले पछि पार्दै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो । १५ अंक जोडेको मनाङ तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया