Pura Samachar

आर्सनल वेस्ट ह्यामसँग २-२ गोलको बराबरीमा

प्रकाशित: April 16, 2023
पूरा समाचार

आर्सनल वेस्ट ह्यामसँग २-२ गोलको बराबरीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २-२ गोलको बराबरी खेलेको हो ।

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

खेलको सातौं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

दशौँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दा आर्सनल २-० ले अघि रह्यो ।

 

खेलको ३३ औं मिनेटमा सेद बेन्रहमाले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट ह्यामलाई २-१ को स्थितिमा ल्याए ।

५२ औं मिनेटमा आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गर्न सकेनन् ।

त्यसपछि खेलको ५४ औं मिनेटमा जार्रोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै आर्सनलले ३१ खेलमा ७४ अंक जोडेको छ ।

आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ ।

वेस्ट ह्याम ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया