Pura Samachar

मुम्बई ईन्डियन्सकाे लगातार दोस्रो जित

प्रकाशित: April 16, 2023
पूरा समाचार

मुम्बई ईन्डियन्सकाे लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मुम्बई ईन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ ।

घरेलु मैदान वांनखडेमा भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

कोलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ दशमलब ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि ईशान किशनले २५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले ।

मुम्बईका लागि आजको खेलमा कप्तानी गरेका सुर्यकुमार यादवले २५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए ।

टिम डेबिडले १३ बलमा अविजित २४ रन बनाए । तिलक बर्माले २५ बलमा ३० रन बनाउँदा रोहित शर्माले २० रन बनाए ।

कोलकत्ताका लागि सुयश शर्माले २ तथा शार्दुल ठाकुर,लकि फर्गुसन र वरुण चक्रवर्तीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

कोलकत्ताका लागि वेंकटेस अय्यरले ५१ बलमा ६ चौका र ९ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय ईनिङ खेले ।

May be an image of 1 person

सानदार शतकका बाबजुत पनि अय्यरले कोलकत्तालाई जित दिलाउन भने सकेनन् ।

आईपीएलको पहिलो संस्करणमा बे्रन्डन म्याकुलमले शतक प्रहार गरेका थिए । कोलकत्ताको १५ वर्ष देखि रहेको शतकको खालीपन अय्यरले पूरा गरेका छन् ।

आन्द्र रसेलले ११ बलमा अविजित २१ रन बनाउँदा रिंकु सिंहले १८ रन बनाए ।

मुम्बईका लागि हृतिक शोनिकले २ तथा दुअन यानसन,क्यामरुन ग्रिन,रिलि मिरिडेथ र पियुष चावलाले समान १/१ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित हात पारेको मुम्बई १० टिम सहभागी लिगमा ४ अंक सहित सातौं स्थानमा रहेको छ ।

पाँचौ खेलमा तेस्रो हारको सामना गरेको कोलकत्ता ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया