Pura Samachar

एपिएफ फुटबल क्लबकाे लगातार दोस्रो हार

प्रकाशित: April 16, 2023
पूरा समाचार

एपिएफ फुटबल क्लबकाे लगातार दोस्रो हार

काठमाडौं । नौ खेलाडीमा सिमित भएको संकटा क्लबमाथि दबाब बढाए पनि गोल गर्न नसक्दा विभागीय टोली एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए ’ डिभिजन लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ ।

च्यासलस्थित च्यासल मैदानमा आइतबार सम्पन्न नवौं चरणको खेलमा एपिएफ १-० ले पराजित भएको हो । पहिलो हाफमा जुनियर एनकुन्गुएले गरेको गोल नै संकटाको जितमा निणार्यक बन्यो ।

खेलको २८ औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका थिए ।

एपिएफका रक्षक एडामा डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडापछि संकटाले पेनाल्टीको अवसर पाएको थियो । एनकुन्गुएको पेनाल्टी प्रहारले एपिएफका गोलकिपर युया कुरियामाको हातमा लाग्दै जाली चुमेको थियो ।

दुवै टोलीले खेलमा केही अवसर र्सिजना गरे पनि गोल गर्न भने सकेनन् ।

छैटौं मिनेटमा संकटाका जुनियरको प्रहार बाहिरिन पुग्यो । सातौं मिनेटमा एपिएफलाई भाग्यले साथ दिएन । रक्षक सनिश श्रेष्ठको क्रसमा प्रदीप लामाले गरेको हेडर क्रसबारमा लागेर फर्किएको थियो । उक्त रिबाउन्ड बललाई कप्तान नवीन लामाले पोस्टको दिशा दिन सकेनन् ।

 

१३ औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपिएफका गोलकिपर युरी कुरियामाले बचाए । ४४ औं मिनेटमा पनि निशानको प्रहारमा कुरियामा नै बाधक बने ।

६८ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित हुन पुगे । पहेँलो कार्ड ब्यहोरिकेका एपिएफका दिपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड ब्यहोदै मैदान छाडेका थिए ।

१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सिमित बन्यो । रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडे ।

यस जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ । पराजय ब्यहोरेको एपिएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ  ।

प्रतिक्रिया