
काठमाडौं । संक्रणमकाली न्याय निरुपणसम्बन्धी विधेयकबारे छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ ।
सोमबार बिहान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलपछि पाँच दलको अलग्गै बैठक बालुवाटारमा केहीबेरअघि सुरु भएको हो।
सत्ता साझेदार ५ दलले टीआरसी सबन्धी विधेयकलाई संसदबाट टुंगोमा पुर्याउने तयारी गरेका छन्। उता एमालेले भने यो विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने अडान लिइरहेको छ।
यो बैठकमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ र लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारीको उपस्थिति छ ।
सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो।
बालकोटमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरसी सम्बन्धी विधेयकमाथि संसदीय समितिमा पहिले छलफल गरिनुपर्ने पनि एमालेको शर्त थियो। एमालेको अडानकाबीच प्रधानमन्त्रीले सत्तारुढ दलको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया