Pura Samachar

नेपाललाई जितका लागि २३६ रनको लक्ष्य

प्रकाशित: April 18, 2023
पूरा समाचार

नेपाललाई जितका लागि २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गरेको मलेसियोले ५० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद आमिर १७ रनमा आउट भए । दोस्रो विकेटका लागि फैज र सिंहले १ सय १६ रनको शतकीय साझेदारी गरे ।

३३ दशमलब २ ओभरमा सन्दीप लामिछानेले शतकीय साझेदारी तोडेका थिए । अहमद फैजको विकेटसँगै उक्त साझेदारी तोडिएको थियो । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए ।

यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।

उपाधि दाबेदार नेपाल आज मलेसियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । मलेसिया पनि नेपाललाई हराएर प्रतियोगिताको जितबाट प्रतियोगिताको सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन ।

प्रतिक्रिया