Pura Samachar

एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत

प्रकाशित: April 18, 2023
पूरा समाचार

एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत

काठमाडौं ।   एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ ।

एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरमा जितका लागि २ सय ३६ रनको  लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कुशल मल्लले नटआउट ७० रनकाे याेगदान गरे । मल्लले ४० बलमा ५ चौका र ५ छक्का हाने । चौका हान्दै खेल सकाएका दीपेन्द्रसिंह ऐरी ५ रनमा नटआउट रहे ।

भीम सार्की ९८ बलमा ५ चौकासहित ७१ रनमा आउट भए । भिम र मल्लले चौथो विकेटका लागि १ सय १२ रनको सानदार साझेदारी गरे । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

नेपालले ओपनर आसिफ शेखलाई एक रनमै गुमाएको थियो ।  मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले समान ३ विकेट लिए ।

प्रतिक्रिया