दोस्रो लेगमा रियाललाई जित दिलाउन दुबै गोल गोल रोड्रिगोले गरे ।
प्रतिस्पर्धातम्क बनेको खेलको पहिलो हाफमा चेल्सीसँग रियालमाथि अग्रता बनाउने मौका थियो । तर प्राप्त अवसरमा चेल्सीले परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
यसपछि ८०औं मिनटमा रोड्रिगोले ब्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई २–० गोल अन्तरको जित दिलाए ।
यसअघि रियालले घरेलु मैदानमा भएको पहिलो लेगमा पनि चेल्सीमाथि २–० गोल अन्तरको जित हासिल गरेको थियो ।
अब रियालले सेमिफाईनलमा वायर्न म्युनिख र म्यान्चेस्टर सिटीबिचको खेलको विजेतासँग खेल्नेछ ।













प्रतिक्रिया