
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भएको छ ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलवार महाराजगंजस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचार गर्नु पर्ने देखिएपछि दिल्ली लैजान लागिएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेललाई दिल्लीस्थित एम्स अस्पताल लैजान लागिएको बताए ।
पोखेरलका अनुसार राष्ट्रपतिको पेट र कोखामा समस्या देखियो । ‘उहाँको थप उपचार गर्नु पर्ने भएपछि दिल्ली लैजाने तयारी भएको हो । उहाँलाई आजै दिल्ली लैजाने तयारी छ,’ पोखरेलले भने ।
पेटमा समस्या देखिएपछि पौडेल मंगलवार बेहोस भएका थिए । उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिग्एको थियो । यसअघि पनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।
यसैबीच, भरखरै प्राप्त जानकारी अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि अहिले बुधवार बिहान ९ः३० बजे श्री एअरलाइन्सबाट भारतको नयाँदिल्लीस्थित एम्स अस्पातल लगिँदैछ ।
प्रतिक्रिया