मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।
बुधबारका लागि भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३ रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको हो। मंगलबार प्रतितोला एक हजार चार सय ३५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रूपैयाँ कायम छ।













प्रतिक्रिया