Pura Samachar

थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–०ले हरायो

प्रकाशित: April 20, 2023
पूरा समाचार

थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–०ले हरायो

कठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब विजयी भएको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–०ले हरायो।

थ्री स्टारले जितमा आत्मघाती गोल निर्णायक रह्यो। १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गरेका थिए।

खेलमा हिमालयन शेर्पाको गोलको सुन्दर अवसर पाए पनि गोल गर्न सकेन । दोस्रो हाफको सुरआतमै प्राप्त पेनाल्टीमा कप्तान विश्वास श्रेष्टले पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि गोल नहुँदा थ्री स्टार विजयी भयो ।

जितपछि थ्री स्टार १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा क्लब ९ अंकसहित १३औं स्थानमा छ।

प्रतिक्रिया