Pura Samachar

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आजबाट ११ औं चरणका खेलहरु सुरु हुँदै

प्रकाशित: April 21, 2023
पूरा समाचार

सहिद स्मारक ‘ए’ डिभिजन लिग:  आजबाट ११ औं चरणका खेलहरु सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट ११ औं चरणका खेलहरु सुरु हुँदैछ।

शुक्रबार लिगको ११ चरणको सुरुआती दुई खेलहरु हुँदैछ ।  जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिस आज दोस्रो जितको योजनामा हुनेछ । पुछारमा रहेको पुलिसले १० खेलमा ५ अंक जोडेको छ ।

आर्मी पाँचौं जितको खोजीमा हुनेछ । आर्मी १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी  र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज तेस्रो जितको खोजीमा हुनेछ । एनआरटी १० खेलमा १० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

एपीएफ आज पाँचौं जित निकाल्न चाहन्छ । एपीएफ १० खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया